रसुवा । रसुवाको गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन ठाउँमा र कुण्डको डिलमा समेत गरी चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाण्डौको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै पालिका र जिल्ला अस्पताल लगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको…