काठमाडौँ। नारायणगढ-मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले छलफल गरिरहेका छन् । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै शुक्रबार साँझदेखि पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पहिरो निरन्तर खसिरहेकाले…