किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा आउदै

काठमाडौँ । संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् । कोभिड- १९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो…