अरुणिमा माविको ३९ औं अभिभावक दिवस सम्पन्न

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा माध्यमिक विद्यालयले विविध सांस्कृतिक प्रस्तुतिसहित शनिवार ३९ औं अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसमा नर्सरीदेखि कक्षा १२ सम्मका छात्र–छात्राहरूले विविध लोक तथा आधुनिक नृत्य एवम् गायन, अर्केष्ट्रा, योगसहित डिजिटल साक्षरतासम्बन्धी चेतनामूलक नाटक लगायतका प्रस्तुतिहरू देखाएका थिए । कार्यक्रममा अर्थविद् तथा प्रतिष्ठानका सल्लाहकार केशवप्रसाद आचार्यले मुलुक निर्माणमा…