राष्ट्रियसभा निर्वाचन: एमाले-नेकपासँग काँग्रेसले माग्यो ८ सीट

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचन एमाले र नेकपासँग मिलेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका छन् । सानेपामा जारी कार्यसम्पादन समितिको बैठकमा खड्काले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ सुजाता कोइरालाले गठबन्धनमा पार्टीको तर्फबाट ८ सीट मागेको जानकारी गराएको बताइन् । माघ ११ गते राष्ट्रिय…