सिन्धुली । मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका- १ कुडेलेबाट सुनकोशी नदीमा गाडी खसेको छ । पूर्वबाट काठमाण्डु आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो गाडी शनिबार सांझ सवा ६ बजेतिर सुनकोशी नदीमा खसेर बेपत्ता भएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गएको…