बागलुङ । बागलुङकै उत्कृष्ट किसानका रूपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु ६ लाखको काउली बिक्री गरेका छन् । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनी अहिले बागलुङका सफल किसानका रूपमा परिचित छन् । उनले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन…