कञ्चनपुरमा अतिभारी वर्षा

महेन्द्रनगर । कञ्चनपुरमा बिहानैदेखि अतिभारी वर्षा भइरहेको छ । बाढीका कारण खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्र भएर बहने सिहाली, मछेलीलगायत खोलामा बाढी आएको छ । मौसम पूर्वानुमान महाशाखाले पानीको बहाव थप बढ्न सक्ने भएकोले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । महाशाखाले पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा…