अरुणिमा शैक्षिक प्रतिष्ठानको ४० औं स्थापना दिवस सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका- ६ बौद्ध, कुमारीगाल अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ४० औं स्थापना दिवसको अवसर पारी बुधवार विशिष्ट व्यक्तित्व अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई अरुणिमा मावि बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानका समग्र गतिविधिहरू…