ताप्लेजुङ । ताप्लेजुङमा लगाइएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहान देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा…