काठमाडौँ। कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी…