ताप्लेजुङ घटना: पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । हिजो बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । ताप्लेजुङ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले…