धनुषा । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी हुन् । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छभने यादवले…