चैतमा हिमपात र वर्षा हुँदा किसानलाई राहत

म्याग्दी । म्याग्दी जिल्लामा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ जौँ, आलुलगायत खाद्यबाली र सागसब्जी खेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ…