एनपीएलमा जनकपुरविरुद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न सिफारिश

काठमाडौं । मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाउनेहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ । आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहले जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै कारबाहीको सिफारिश गरेको हो…