जनकपुरधाम । अविरल वर्षासँगै गएको बाढीले मधेश प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि बुधबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो । साथै एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । साथै बाढीका कारण आठ जना घाइते भएका र उनीहरू सामान्य उपचारपछि घर फर्किएको…