काठमाडौं । महानगरपालिकाले सुनधारामा निःशुल्क सवारी पार्किङको व्यवस्था मिलाउने भएको छ । महानगरले आइतबारदेखि धरहरा सँगै निर्माण गरिएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन लागेको हो । महानगरले न्यूरोडमा सवारी पार्किङ निषेध गरेपछि व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् । आफ्नो निर्णयप्रति व्यापक विरोध भएपछि महानगरले वैकल्पिक पार्किङस्थलको व्यवस्था गर्न लागेको हो…