बझाङको सुर्मा–४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

बझाङ । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित भएका छन् । सो गाउँपालिकाका वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका पुजाराले ६५७ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी, उनका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)का उम्मेदवार लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन् ।