थामे बाढीमा फसेका ७ जनाको उद्धार, २० घर पुरिएको आशंका

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एक विज्ञप्तिमार्फत उनीहरूलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको जनाएको छ । थामेगाउँमा शुक्रबार दिउँसो १ः४५ बजे आकस्मिक बाढी आएको खबर आएपछि सेना उद्धारका निम्ति पुगेको थियो । सेनाले १५ देखि २० घर पुरिएको हुन सक्ने पनि…