पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार पोखरास्थित प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । गण्डकीबाट रिक्त हुन लागेका तीन पदमध्ये गठबन्धनमार्फत नेपाली कांग्रेसका दुई र नेकपा (माओवादी केन्द्र)का एकजनाले उमेदवारी दर्ता गराएका छन् । गण्डकीको अन्य समूहतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र…