कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै, धान तेस्रोमा

सुर्खेत । कर्णालीमा गएको आर्थिक वर्ष साढे पाँच लाख टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै दुई लाख १९ हजार आठ सय दुई टन मकै उत्पादन भएको छ ।…