घोराही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गरे । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरी…