काठमाडौँ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन्। नगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने तयारी स्वरूप सूचना सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रभावित समूह सडकमा उत्रिएको हो। प्रदर्शनका क्रममा शुक्रबार बिहान धनुषाको महेन्द्रनगरस्थित औरही पुल क्षेत्रमा सुकुम्वासीहरूले जनकपुर-ढल्केवर सडक खण्ड…