काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्त काठमाडौँ आइपुगेका छन् । साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै पीडितका आफन्त मुद्धामा न्याय दिने न्यायालय, न्यायाधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न…