वीरेन्द्रनगरमा आज पनि प्रदर्शन, १८ प्रहरी घाइते, प्रदर्शनकारी पक्राउ

सुर्खेत । एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन् । उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन् । निषेधाज्ञा उल्लङ्घन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि…