रूपन्देही । सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ। रङ रोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ। तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो।…