सुर्खेत पुगेर प्रचण्डले भनेः कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्छौं

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका छन् । शुक्रबार सुर्खेतमा आफ्नो पार्टीद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अर्को गठबन्धन बनाउने ठाउँमा नभएको भन्दै यसै गठबन्धनलाई निरन्तरता दिएर सिट बाँडफाँड गरिने बताए । ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौं,’ प्रचण्डले भने, ‘यही गठबन्धनबाट…