महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरीको शनिबार भएको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । नगरप्रमुख प्रदीपकुमार खड्काले शोक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि…