काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको फेरि अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले हिजाे आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साहलगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । जसपा…