पर्सा । वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो । गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी…