दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कार्चेन लामाविरुद्ध मुद्दा दायर

काठमाडौँ । कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा उर्फ कार्चेन लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ। फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो । उच्च अदालत सुर्खेतमा दायर रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी विनिता…