काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं आएका छन् । अर्को सूचना प्रकाशन नभएसम्मका लागि अहिले शपथग्रहण कार्यक्रम स्थगन गरिएको…