काठमाडौं । प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएपछि अब मतदान गरेर जाने तयारी भएको छ । प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नसकेपछि अब मतदानको सम्भावना बढेको हो । जनता समाजवादी पार्टी जसपा, माओवादी केन्द्र र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा…