विराटनगर । नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले सदनमा उभिएर राजा चाहियो भन्न नपाइने बताएका छन् । आइतबार कोसी प्रदेशसभाको बैठकमा थापाले संविधान मानेर सदनमा आउने अनि राजा चाहियो भन्नु गलत भएको बताए । उनले भने, “त्यो भन्न पाइँदैन । सदनमा बसेर राजा चाहियो भन्नु व्यावहारिक रूपमा ठिक भएन । कि त बाहिर…