काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति विस्तार भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा शुक्रबार ६७ जना थपिएका छन् । केन्द्रीय सदस्य र पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व हुने गरी मनोनय गरिएको छ । विस्तारित समितिमा ४६ जना केन्द्रीय सदस्य छन्…