बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट नभएको दाबी गरेका छन् । बुधबार पाल्पामा माओवादी केन्द्र रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले ओली कम्युनिस्ट नभएकै कारणले कम्युनिस्ट पाटीहरूसँग एकता गर्न नचाएको बताए । उपमहासचिव पुनले ओलीले कम्युनिस्ट सरकार छोडेर गैरकम्युनिस्टको सरकार बनाउनु ठुलो…