आईपीएलमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ । १३ खेलमा १८ अंक रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । चेन्नई समान १३ खेलमा ६ अंकसहित पुछारमा छ…