अफगानिस्तानसँगकाे खेलमा दक्षिण अफ्रिका पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले पहिले ब्याटिङ रोजेका छन् । अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको हो । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत,…