काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा सक्षम फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्। बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “हामीले पेलेदेखि लिएर अहिलेका मेसी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू…