गम्भीर स्वास्थ्य समस्याका कारण लामा समयदेखि उपचाररत रहनु भएका नेपाली कांग्रेस दोलखाका पूर्वसभापति माधवमणी राजभण्डारीको मिति २०७९।०२।१२ गते दुखद् निधन भएको छ । कांग्रेस पार्टीसँग धेरै पुरानो सम्बन्ध रहेको राजभण्डारी परिवारका उदार सामाजिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो– माधवमणी । पञ्चायती चुनावमा जिल्लास्तरका विभिन्न तहमा प्रतिस्पर्धी रहनु भएका राजभण्डारीले आफूले व्यवसायिक जीवनबाट आर्जन गरेको मात्र होइन,…