माओवादीसँगको पार्टी एकतामा रामकुमारी झाँक्री सामले नहुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का एक दर्जन बढी नेताहरू नेकपा (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने भएका छन् । पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरू एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकतामा समाहित…