भयरहित वातावरणमा चुनाव गराउने दलहरूसँग प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता जनाएकी छन् । बालुवाटारमा मंगलबार आयोजित राजनीतिक दलहरूसँगको संवाद कार्यक्रममा उनले सरकार, मन्त्रीहरू र सुरक्षा निकाय सबै अहोरात्र खटिएको बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “सरकार तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ । त्यसका लागि हामी सबै जिम्मेवारीका साथ लागिरहेका छौँ…