गोरखा । पालुङ्टार नगरपालिका वडा नम्बर ९ ढुंगेटारीमा खारखोला पुल निर्धारित समय अगावै निर्माण भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गएको वर्ष चैतमा ठेक्का सम्झौता भएको पुल सात महिना बाँकी छँदै अघिल्लो महिना फागुनमा नै निर्माण सम्पन्न भएको हो । पुल श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का लिएको थियो । पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख…