काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परिषद्ले आज व्यवसायी र घरधनीसँग छलफल गरेको हो । जिल्ला प्रशासन…