सडक विस्तार हुँदै गएपछि हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा रहेको हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको २० वर्षपछि डुम्रे–बेँसीशहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । डुम्रे–बेँसीशहर–चामे आयोजनाले गएको आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीशहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र…