मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले एक हप्ताका लागि अन्नपूर्ण पदमार्गको पदयात्रामा रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक हप्तासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आग्रह गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्कन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।…