तोलामा १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १३ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५७ हजार ९०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।…