काठमाडौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । अमेरिकाको वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला एम.सि.सी. नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एम.सि.ए नेपालले जनाएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक…