काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा ब्रेक थ्रु गरेका हुन् । प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका…