पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको काम तीव्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको अहिलेसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव चार किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्र कार्य सम्पन्न भएको पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए…