काठमाडौं । यस वर्षको दशैंमा सर्वसाधारणले नयाँ नोट पाउने छैनन्। नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइ नगरी बजारमा मात्र सुकिला नोट वितरण गर्ने नीति लिएको छ। राष्ट्र बैंकका अनुसार, नयाँ नोट छिट्टै प्रयोग भई पुनः फिर्ता हुने भएकाले छपाइ खर्च बढ्ने गरेको छ। त्यसैले नोटको आयु बढाउन र खर्च बचत गर्न यो निर्णय गरिएको हो।…